दोस्रो ‘बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९’ को फाइनल चैत्र ७ गते

तानसेन। बिशाल मुभिज प्रा.लि.अनामनगर काठमाण्डौंद्धारा आयोजित दोस्रो बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ को फाईनल कार्यक्रम यही चैत्र ७ गते नेपाल पर्यटन बोर्ड भृकुटी मण्डपमा हुने भएको छ । कार्यक्रममा लोक तथा दोहोरी गीतसंग सम्बन्धित ३१ बिधाका सर्बोत्कृष्ट कलाकारहरुलाई अवार्ड वितरण गरिने भएको हो।

आयोजक समितिका सचिव गोबिन्द नेपालीका अनुसार फाइलन कार्यक्रममा नेपाली लोक संगीतसंग आबद्ध अग्रज तथा अनुज गायक, गायिका,स्रष्टा, सर्जक,संगीत ब्यवसायी तथा सुभेच्छुक,शुभ चिन्तकहरुको उपस्थिती रहनेछ ।

अवार्डको फाईनल कार्यक्रममा बिशाल मुभिज दशक लोक गायक,लोक गायिका सम्मान २०७९, बिशाल मुभिज लोक पत्रकारिता सम्मान २०७९, बिशाल मुभिज लोक बाध्यवादन सम्मान २०७९ लगायतका सम्मानको साथै बिशाल लुम्बिनी लोक आईडल २०८० को घोषणा समेत हुने कार्यक्रम संयोजक धिरज खत्रीले बताए ।

अवार्ड कार्यक्रमको सात जना जुरी निर्णयकको ५० प्रतिशत,अनलाईन भोटिङको ४० प्रतिशत र आयोजक समितिको १० प्रतिशत निर्णयको आधारमा ३१ बिधाका करिब ४० जना कलाकार वर्षको सर्बोत्कृष्ट अवार्डद्धारा सम्मानित हुने अवार्ड कार्यक्रमका अध्यक्ष हुम गैरेले जानकारी दिए ।

बिधागत अवार्डका साथै जुरी अवार्ड,पब्लिक च्वाईस अवार्ड,पपुलर अवार्ड र ईन्करेजमेन्ट अवार्डलागायतका बिधाबाट पनि केही कलाकारहरु सम्मानित हुने आयोजक समितिका जुरी निर्णायक बरिष्ठ गायक ईन्द्र जि.सी.ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer