तानसेनमा यस्तो रह्यो एलिनाको प्रस्तुति

तानसेन । ‘पाल्पा महोत्सव’को छैठौं दिन गायिका एलिना चौहानले सांगीतिक प्रस्तुति दिएकी छिन् ।

तानसेनको टुँडिखेलमा जारी महोत्सवमा मंगलवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरिन् ।

‘यो भाग्यमा खोट छ’, ‘मिनरल वाटर’देखि ‘धोकेबाज हौ तिमी’लगायतका गीतहरु उनले प्रस्तुत गरिन् ।

‘धोकेबाज हौ तिमी’ एलिनाको पछिल्लो समयको सबैभन्दा चर्चित गीत हो ।

महोत्सवमा उनले यो गीत दुईपटक प्रस्तुत गरेकी थिइन् । उनको प्रस्तुतिमा दर्शकहरुको हुटिङ एवं ‘एक्प्रेसन’ हेर्न लायक थियो ।

मंगलवार गायक रामचन्द्र चन्द, गायिका श्रीदेवी देवकोटा लगायतका कलाकारहरु समेत आकर्षणको रुपमा थिए ।

तस्वीरहरु : एलिनाको फेसबुकबाट

तपाईको प्रतिक्रिया