पाल्पा महोत्सवमा बुधवार पशुपति शर्माको प्रस्तुति रहने

तानसेन । ‘पाल्पा महोत्सव’मा बुधवार चर्चित लोकगायक पशुपति शर्मा दर्शकको मुख्य आकर्षणको केन्द्रमा रहने भएका छन् ।

वैशाख १४ गतेबाट तानसेनमा जारी महोत्सवको सातौं दिनको मुख्य आकर्षणका रुपमा पशुपतिले प्रस्तुति दिने भएका हुन् ।

उनीसँगै गायिका सीता राना, गायक नविन पौडेल, हास्य कलाकार विष्णु जी पाण्डे, गायक गणेश न्यौपाने लगायतको प्रस्तुति समेत दर्शकले बुधवार हेर्न पाउनेछन् । बुधवारको कार्यक्रमलाई गायक सुमन गैरेले उद्घोषण गर्नेछन् ।

महोत्सवमा हरेक दिन दर्शकको उत्साहजनक उपस्थिति रहँदै आएको छ । पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव २४ वैशाखसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer