तानसेन । वर्षाका कारण ‘पाल्पा महोत्सव’मा बुधवारको कार्यक्रम प्रभावित बनेको छ ।

महोत्सवमा बुधवार मुख्य आकर्षणका रुपमा चर्चित गायक पशुपति शर्मा, नविन पौडेल, गायिका सीता राना, हास्य कलाकार विष्णु जी पाण्डे, गायक गणेश न्यौपाने लगायतका कलाकारहरु उपस्थित थिए । तर, वर्षाका कारण कलाकारहरुको प्रस्तुति बुधवार हुन सकेन् ।

अब, बुधवारको आकर्षणका रुपमा उपस्थित कलाकारहरुको प्रस्तुति आज (बिहीवार) हुने भएको महोत्सव प्रचारप्रसार उपसमिति संयोजक विदुर घिमिरेले नयाँधारलाई जानकारी दिए ।

‘बुधवार पानीका कारण कलाकारहरुले प्रस्तुति दिन पाउनुभएन्’ घिमिरेले भने, ‘अब, उहाँहरुको प्रस्तुति बिहीवार हुनेछ ।’

बिहीवारको कार्यक्रमको उद्घोषकका रुपमा विन्दु थापा निहारिका रहनेछिन् ।

बुधवार केही समय महोत्सव संचालन भएपनि दिउँसोदेखि परेको पानीका कारण प्रभावित बन्न पुगेको थियो । २ हजार भन्दा बढी दर्शकहरु टिकट काटेर महोत्सवस्थलमा प्रवेश गरिसकेको अवस्थामा पानी परेपछि कार्यक्रम स्थगित गर्नुपरेको हो ।

बिहीवारबाट मौसममा सुधार आउने र दर्शकको उत्साहजनक उपस्थितिमा महोत्सव हुने विश्वास आयोजक पाल्पा उद्योग वाणिज्य संघको छ ।

महोत्सवमा अहिलेसम्म ४ करोड बराबरको कारोवार भएको जनाइएको छ । १४ वैशाखदेखि सुरु भएको  महोत्सव  २४ वैशाखसम्म संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया