पाल्पा । तानसेनमा जारी ‘पाल्पा महोत्सव’मा भोलि (शुक्रवार) चर्चित गायक खुमन अधिकारी, ईन्द्र जिसीदेखि गायिका शिलु भट्टराईसम्मका कलाकार दर्शकको आकर्षणको केन्द्रमा रहनेछन् ।

त्यस्तै, गायक हुम गैरे र गायिका लक्ष्मी नेपालीको सांगीतिक प्रस्तुति समेत भोलि दर्शकहरुले हेर्न पाउनेछन् । कलाकार किरण चित्रकार र सुमित कुमार घिमिरेको हास्य व्यङग्य प्रस्तुति पनि भोलि दर्शकका लागि विशेष हुनेछ ।

भोलिको कार्यक्रमलाई चर्चित गायिका एवं उद्घोषिका मञ्जु पौडेलले संचालन गर्नेछिन् ।

सार्वजनिक विदा परेकाले पनि भोलि दर्शकको उपस्थिति बाक्लो रहने अपेक्षा आयोजक उद्योग वाणिज्य संघको छ । १४ वैशाखबाट सुरु भएको महोत्सव २४ वैशाखसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया