तानसेन।  सञ्जय मेमोरियल प्रतिष्ठानको आयोजना र पाल्पा भलिबल संघको सहआयोजनामा पाल्पाको रानीमहलमा हुने पुरुष राष्ट्रिय विच भलिबलको अन्तिम दिन तानसेन रानीमहल दौडको आयोजना गरिने भएको छ । प्रतियोगितामा जनसहभागीता बढाउन अन्तिम दिन बैशाख ३० गते बिहान दौंड प्रतियोगीता गरिने भएको हो ।

तानसेनको कैलाशनगरदेखि रानीमहलसम्मको १३ किलोमिटर दौडलाई प्रतियोगिताका रुपमा गरिएको छ । सञ्जय मेमोरियल प्रतिष्ठानले उक्त दौडमा सहभागी विजेतालाई पुरस्कारको व्यवस्थासमेत गरेको छ ।

दौडमा पाल्पाका स्थानीयसहित विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागीता रहने सह आयोजक पाल्पा भलिबल संघले जनाएको छ ।

दौडमा पहिलो हुनेलाई १०, दोस्रोलाई ७, तेस्रोलाई ५, सान्तवना ३ र २ हजार रुपैया प्रदान गरिने सञ्जय मेमोरियल फाउण्डेशनकी अध्यक्ष निरोज मास्केले जानकारी दिइन् ।

निःशुल्क दर्ता गर्न पाइने उक्त दौडमा सहभागीलाई टिसर्टको व्यवस्था आयोजकले गरेको छ ।

तपाईको प्रतिक्रिया