
तानसेन। भोलि पाल्पा सदरमुकाम तानसेनदेखि रानीमहलसम्म १३ किलामिटरको डौड प्रतियोगिता आयोजना हुने भएको छ। सञ्जय मेमोरियल प्रतिष्ठानको आयोजना र पाल्पा भलिबल संघको सहआयोजनामा रानीमहलमा जारी पुरुष राष्ट्रिय विच भलिबलको फाइनल गेममा सहभागी बढाउन दौडको आयोजना गरेको हो ।
प्रतियोगितामा जनसहभागीता बढाउन दौडले टेवा पुग्ने र रानीमहलको पर्यटन प्रर्वधनमा समेत टेवा पुग्ने विश्वास आयोजकले लिएको छ । सञ्जय मेमोरियल प्रतिष्ठानले दौडमा सहभागी विजेतालाई पुरस्कारको व्यवस्थासमेत गरेको छ ।
दौडमा पहिलो हुनेलाई १०, दोस्रोलाई ७, तेस्रोलाई ५, सान्तवना ३ र २ हजार रुपैया प्रदान गरिने सञ्जय मेमोरियल फाउण्डेशनकी अध्यक्ष निरोज मास्केले जानकारी दिइन।
निःशुल्क दर्ता गर्न पाइने दौडमा पाल्पाका स्थानीयसहित विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागीता रहने सह आयोजक पाल्पा भलिबल संघले जनाएको छ ।