काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छिन् । अध्ययनमा व्यस्त रहेकी उनले करिब एक वर्षको अन्तरालपछि नयाँ गीत ‘आँखामा गाजल’ ल्याएकी हुन् ।

रोमान्टिक शैलीमा गाइएको ‘आँखामा गाजल’मा राजनराज शिवाकोटीको शब्द र संगीत छ। देवेश राईको एरेन्ज रहेको गीतको भिडियोमा स्मिता स्वयम्ले मोडलिङ गरेकी छिन् । रोमान्टिक शैलीको यो गीतको भिडियोमा स्मिता र कुन्सांग बम्जनको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ ।

सुदिप बरालको छायाँकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई गम्भिर विष्टले कोरियोग्राफी गरेका हुन् । गीत भिडियो निर्देशन सरोज ओलीले गरेका हुन । उनको पछिल्लो गीत ‘हो हो नि माया हो’ चर्चित भएको थियो ।

तपाईको प्रतिक्रिया