नेकपा एस पाल्पाका अध्यक्ष पाण्डेयको निधन

तानसेन ।नेपाल कम्युनिस्ट पार्टी ( एकिकृत समाजवादी) पाल्पा जिल्ला कमिटी अध्यक्ष खिमानन्द पाण्डेय (कमल)को हृदयघातको कारण निधन भएको छ। ५२ वर्षीय पाण्डेयको शुक्रबार बेलुकी ७:०० बजे असामयिक निधन भएको परिवार स्रोतले जनएको छ ।

खेतमा काम गरेको अवस्थामा एक्कसी छाती दुखेपछि उपचारका लागि मेडिकल लैजाने क्रममा बाटोमा उनको निधन भएको समाजवादी प्रेस संगठनका पाल्पाका अध्यक्ष पदम गैरेले जानकारी दिए।
स्मृतिशेष पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि  शनिबार बिहान ८:०० बजे देखि ८:३० सम्म तानसेन टुंडिखेलमा राखिने र रामनदी घाटमा अन्तेष्टी गरिने तयारी भएको छ।

तपाईको प्रतिक्रिया