पहिरो पन्छाएर खुल्यो तानसेन-बुटवल खण्ड

तानसेन । ढुंगासहितको पहिरो खसेर अवरुद्ध भएको तानसेन बुटवल सडक खण्ड संचालन आएको छ । बिहीबार बिहान सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्ड अन्तरगत तिनाउ गाउँपालिका वडा नं ३ हेडबक्स नजिकै खसेको पहिरो सडक डिभिजन पाल्पको पहलमा पन्छाएपछि संचानलमा आएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लका अनुसार पहिरो प्रहरी र सडक डिभिजन कार्यालयलको पहलमा पहिरो हटाइएको हो ।

बिहान पहिरो खसेपनि चट्टानसहितको पहिरो भएको हुँदा करिब ४ द्दण्टापछि मात्रै सवारी संचालन भएको हो ।

सडक अवरुद्ध हुदाँ बिहानदेखि रोक्किएका यात्रुहरु गन्तव्यतर्फ लागेका छन् ।

तपाईको प्रतिक्रिया