
तानसेन। पाल्पामा ८० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।कुल खेतीयोग्य जमिनमध्ये आठ हजार २ सय १० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने पाल्पामा ठूला फाँटसंगै खोलाछेउ र टारीखेत गरी ८० प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
पाल्पाको अन्नभण्डार मानिने माडीफाँट, बासँटारी, अर्गली, कचल, पूर्वखोला, पिपलडाँडा, झडेवा, दोभानसहित टारीखेतहरुमा रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
अहिले पानी नपुगेका टारीखेतहरु तथा मकै र चैतेधान खेती लगाएका खेतमा रोपाइँ हुन बाकी रहेको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले जानकारी दिइन् ।
यो वर्ष समयमा पानी नपरेका कारण ढिलो ब्याड राखेका किसानले पनि रोपाइँ गर्न सकेका छैनन् । पडाही जिल्ला भएका कारण कुलो नलाग्ने टारी खेतका किसानाले आकासे पानीको भल छोपेर रोपाइँ गर्नुपर्ने बाध्यता रहेको छ ।
पाल्पाका किसानले उन्नत र हाइब्रिड साावा मनसुली, राधा, खुमल, बासमती, यूएस ३१२, सावित्री जातको धान लगाउदै र्आको कृषि ज्ञान केन्द्रले जनाएको छ ।