तानसेन। ज्येष्ठ नागरिक संघ पाल्पाको सभापतिमा समाजसेवी तथा राजनीतिज्ञ देवराज ढकाल चयन भएका छन् । तनसेनमा बसेको ज्येष्ठ नागरिकहरुको भेलाले सभापतिमा ढकाललाई चयन गरेको हो ।

भेलाले उपसभापतिमा जनक राज शर्मा, सचिवमा लक्ष्मण बहादुर रावल र कोषाध्यक्षमा शारदा कर्माचार्यलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा तुल्सिराम राना, पोषकान्त बस्याल, जुद्ध बहादुर थापा, मोहन प्रसाद श्रेष्ठ, त्रिलोचन पौडेल, खडक बहादुर थापा, पदेन सभापति बम्किन चन्द्र खनाल र मनोनित सदस्यमा मान बहादुर नेपाली चयन भएका छन् ।

भेलाले जिल्ला भरीका ज्येष्ठ नागरिकहरुलाई सदस्यता प्रदान गर्ने, निवर्तमान समितिलाई धन्यवाद ज्ञापन गर्ने, सम्पुर्ण निर्णयहरु केन्द्रमा पठाउने, बैंक खाता सञ्चालन गर्ने र आगामी बर्षको लागि निर्धारित योजना अनुसार काम गर्ने निर्णय गरेको छ ।

भेलाले केशवराज शर्मा र हरिकृष्ण कार्कीलाई सल्लाहकारमा मनोनित समेत गरेको छ ।नवनिर्वाचित सभापति ढकालले ज्येष्ठ नागरिकहरुको हक र हितका लागि स्थानीय तह तथा विभिन्न संघ संस्था संग समन्वय गरेर काम गर्ने बताए।

ढकालले ज्येष्ठ नागरिकबाट समाजले अनुभवसंगै विभिन्न सल्लाह र सुझाव लिन सक्ने भन्दै त्यसको समन्वय आफुले गर्ने बताए।

तपाईको प्रतिक्रिया