पाल्पाको सिजी सिमेन्ट कम्पनीमा चेन चुडिएर १३ कामदार घाइते

पाल्पा । पाल्पाको सर्देवास्थित सिजी सिमेन्ट कम्पनीभित्रको चेन चुँडिदा १३ जना कामदार घाइते भएका छन् । बुधबार अप्रहान्न ४ बजेतिर सिजी सिमेन्ट कम्पनीमा पुरानो इट्टा हटाई नयाँ इट्टा राख्ने क्रममा उक्त इट्टा वरपर रहेको चेन चुँडिदा १३ जना कामदार घाइते भएका हुन् ।

घाइते हुनेमा रैनादेवी छहरा– ३, का पदम सोमै, सोही स्थानका चिन्तबहादुर डंगोल, सुमन नेपाली रहेका छन् । यस्तै नवलपरासी सुनवलका लिलबहादुर गुरुङ्, कपिलवस्तुका महेश बराम, कमल पासी, उमेश पासी, रुपन्देही देवदहका यमबहादुर विक, सोहनलाल जैसी र अक्सर मिसर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो । केही घाइतेहरु भने सामान्य उपचारपछि घर फकिएएका छन् ।

उक्त चेन १३ फिट माथिबाट खसेको थियो ।  घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया