पाल्पामा माछा मार्ने जालमा फसेर एकजनाको मृत्यु 

तानसेन। पाल्पामा माछामार्ने जालमा फसेर डुब्दा एकजनाको मृत्यु भएको छ। जिल्लाको रम्भा गाउँपालिकावडा नम्बर –२, फोक्सिङकोट रानीबासका २६ वर्षीय कोपिल पाडेमगरको कालीगण्डकी नदीमा माछा मार्न गएकामा माछा मार्न प्रयोग गरिने जालमा फसी पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

फोक्सिङकोटको छाप गाउँमा बस्दै आएका पाडेमगर घरदेखि एककिलोमिटर टाढाको नदीमा गएका बेला डुबेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए ।

प्रहरी चौकी हुगी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धान अधिकृतसहितको टोली खटिएर प्रारम्भिक अनुसन्धान गरिएको छ ।

तपाईको प्रतिक्रिया