पहिरोका कारण पाल्पास्थित सिद्धार्थ राजमार्ग, तानसेन तम्घास सडक खण्ड र कालीगण्डकी करिडोर अवरुद्ध
तानसेन।  गएरातिदेखि परेको वर्षासङ्गै पहिरो खसेर पाल्पाका मुख्य सडकहरू अवरुद्ध भएका छन् ।अविरल वर्षातका कारण सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग, कालीगण्डकी कोरिडोर र तानसेन तम्घास सडक खण्ड अवरुद्ध  भएको हो ।
वर्षाका कारण सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका ३ दोभानस्थित हेडबक्स, गौडेपुल, भालेबासलागयतका स्थानमा  पहिरो खसेर सिद्धार्थ राजमार्गको तानसेन बुटवल खण्ड पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
यस्तै कालीगण्डकी करिडोरको रम्भा गाउँपालिकास्थित सानीखोलामा पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लेले जानकारी दिए।
यस्तै तानसेन तम्घास सडक खण्डको तानसेन ५ ढुङ्गाखानी नजिकै ढुङासहितको पहिरो खसेर सवारी आवागमन बन्द भएको प्रमुख मल्लले बताए।
पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
बिहानैदेखि सडक खुलाउने प्रयास भए पनि पानी नरोकिँदा पहिरो हटाउन समस्या भएको हो ।
जिल्लाका मुख्य सडकहरू बन्द हुदा यात्रुहरु अलपत्र परेका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको