पहिराेले गाेठ बगाउँदा लैनाे भैसी र हलगाेरू मरे

तानसेन। अविरल वर्षासंगै  गएको पहिरोले गोठ बगाउँदा हलगोरुसहितका पशुचौपाया बगाएको छ । मङ्गलबार बिहान पहिरो खसेकाे पहिराेले  रिब्दीकाेट गाउँपालिका वडा नं.–८, फेक लुम्बाँसमा स्थानीय कर्णबहादुर बमरेलको गोठसहित पशुचौपाया बगाएको प्रहरीले जनाएकाे छ ।

बमरेलकाे गोठमा रहेका एउटा लैनो भैसी, एक हल गोरु र अन्य पशुचौपाया बगाएर मरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बमरेलको एक तले गोठ माथिबाट खसेको पहिरोले गोठमा रहेको पशुचौपाया बगाएर मरेको छ । सोही स्थानका धनबहादुर विकको समेत गोठ भत्किएको प्रहरीले जनाएकाे छ । अन्य स्थानकाे क्षतिकाे विवरण भने आउन भने बाँकी रहेकाे पाल्पा प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया