पाल्पामा ९० प्रतिशत रोपाइँ सम्पन्न

तानसेन। पाल्पामा साउनको पहिलो सातासम्म ९० प्रतिशतमा क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । ढिलो रोपाइँ सुरु भएपनि हालसम्म ९० प्रतिशत क्षेत्रपलमा रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

पाल्पाको अन्नभण्डार मानिने माडीफाँट कचल अर्गली, पीपलडाँडा, दोभान, झडेवा फाँटहरूमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

यस्तै कालीगण्डकी बेसी अन्तरगतका रामपुर, गेझा, निस्दी, हुँगी फाँटहरूको अधिकांश भूभागमा धान रोपाइँ सकिएको केन्द्रले जनाएको छ । कुल खेतीयोज्य जमिनमध्ये आठ हजार २१० हेक्टर भूभागमा वर्षे धान खेती हुँदै आएको छ ।

केही टारी खेतमा भने साउनको ोस्रो सातामा मात्रै रोपाइँ हुने गरेको छ । मकैलगातयका खेती स्याहार गर्न बाकीँ तथा सिचाई सुविधा नभएका टारी खेतमा ढिलो गरेर रोपाइँ हुने गरेको किसानले बताएका छन् ।

पाल्पाका किसानले उन्नत जातका र हाइब्रिड जातको धान खेती गर्दै आएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार पाल्पामा मनसुली, राधा, मलेसिया, खुमल, बासमती, झिनुवा, सावित्रीलगायतका जातको धान खेती हुने गरेको ज्ञान केन्द्रका सूचना अधिकारी मिलन गैरेले जानकारी दिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको