
तानसेन। पाल्पामा साउनको पहिलो सातासम्म ९० प्रतिशतमा क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । ढिलो रोपाइँ सुरु भएपनि हालसम्म ९० प्रतिशत क्षेत्रपलमा रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
पाल्पाको अन्नभण्डार मानिने माडीफाँट कचल अर्गली, पीपलडाँडा, दोभान, झडेवा फाँटहरूमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
यस्तै कालीगण्डकी बेसी अन्तरगतका रामपुर, गेझा, निस्दी, हुँगी फाँटहरूको अधिकांश भूभागमा धान रोपाइँ सकिएको केन्द्रले जनाएको छ । कुल खेतीयोज्य जमिनमध्ये आठ हजार २१० हेक्टर भूभागमा वर्षे धान खेती हुँदै आएको छ ।
केही टारी खेतमा भने साउनको ोस्रो सातामा मात्रै रोपाइँ हुने गरेको छ । मकैलगातयका खेती स्याहार गर्न बाकीँ तथा सिचाई सुविधा नभएका टारी खेतमा ढिलो गरेर रोपाइँ हुने गरेको किसानले बताएका छन् ।
पाल्पाका किसानले उन्नत जातका र हाइब्रिड जातको धान खेती गर्दै आएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार पाल्पामा मनसुली, राधा, मलेसिया, खुमल, बासमती, झिनुवा, सावित्रीलगायतका जातको धान खेती हुने गरेको ज्ञान केन्द्रका सूचना अधिकारी मिलन गैरेले जानकारी दिए।