नारायणगढ मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

काठमाडाै। पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् ।

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको प्रवक्ता पण्डीतले बताए ।

पहिरोका कारण यस सडक खण्डमा दैनिक रुपमा पटक पटक आवागमन बन्द हुँदै आएको छ

तपाईको प्रतिक्रिया