माओवादी बैठकमा पाल्पा इन्चार्जको सुझावः भ्रष्टाचारविरुद्ध अझै निर्मम हुँदै सम्पत्ति छानबिन गर्नुपर्छ

पाल्पा ।  नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको पाटीभित्र भएका कमी कमजोरी सुधारका लागि थुप्रै सुझाव आएका छन् । बैठकमा नेताहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राज्य संचालन र पार्टी भित्र पनि संगठन विस्तारका लागि सुझाव दिएका हुन् ।

नेताहरुले भ्रष्टाचारविरुद्ध अझै निर्मम बन्न, पार्टीलाई तत्लो तहसम्म संरचनागत रुपले विकास गर्न सुझाव दिएका थिए ।

यसैबीच बैठकमा बोल्दै पार्टीका पाल्पा इन्चार्ज तथा केन्द्रीय सदस्य अनिलकिशोर घिमिरेले एउटा शक्तिशाली समिति बनाएर ०४६ यता सत्ता र उच्च पदमा पुगेका नेतादेखि कर्मचारीसम्मको सम्पत्ति खोज्न प्रचण्डलाई आग्रह गरे ।

उनले भने, ‘अध्यक्षको सुशासन अभियानलाई हाम्रो दह्रो साथ रहनेछ। यसमा अझै निर्मम बन्नुहोस्’।, ‘यो काम प्रचण्ड र नारायणकाजीले मात्रै गर्न सक्छन् भन्ने जनतामा परेको छ।’ जसका लागि पार्टीका देशभरका नेता तथा कार्यकर्ताले साथ र सर्मथन गर्नुपर्ने केन्दीय सदस्य घिमिरेले बताए । देशको भ्रष्टाचार घटाउन शक्तिशाली समिति चाहिने पनि उनले सो बखत बताए ।

यस्तै अधिकारसम्पन्न छानबिन समिति बनाएर ०४६ साल यताका सबै सुविधामा रहेका उच्च पदस्थ राजनीतिक नेताहरु र प्रशासकहरुको सम्पत्ति छानबिन गर्ने तयारी गर्न पनि उनले पार्टी अध्यक्षलाई अनुरोध गरे ।

उनले शक्तिशाली, एकीकृत र लडाकु कम्युनिष्ट पार्टी स्थापना गरेर मात्रै समाजवादी क्रान्ति सफल बनाउन सकिने कुरामा विश्वास गर्न पनि नेतृत्वलाई सुझाव दिएका छन्।

 

‘समाजवादको लक्ष्य प्राप्त गर्नका लागि पार्टी ध्रुवीकरण आवश्यक छ। तर अवसर गुम्छ भनेर गुटबन्दी गर्ने, ध्रुवीकरण गर्न नदिने, नजिक आउन खोजेकाहरुलाई हतोत्साहित गर्ने हो भने कसरी लक्ष्य भेटाइन्छ त?’, उनले भने, ‘पार्टी नेतृत्वबारे अनेक कुरा बाहिर आएका छन्।

बजारमा आएका कुरा हामीलाई स्वीकार्य नभएकाे बताउँदै पार्टी बलियाे बनाउन सबै लाग्नुपर्नेमा घिमिरेले जोड दिए।

तपाईको प्रतिक्रिया