सुरुङमार्गको प्रवेश विन्दुमा पहिरो खसेपछि सिद्धार्थ रागमार्ग अवरुद्ध

तानसेन। सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिबाट पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । उक्त राजमार्गको तिनाउ गाउँपालिका वडा नं. ३ ड्यामसाइटस्थित सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमाथि ढुंगासहितको पहिरो खसेपछि मंगलबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो।

प्रहरीका अनुसार लेदोसहितको ठूलो पहिरो खसेको हुँदा विहानैदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो। निरन्तरको वर्षासंगै खसेको पहिरो हटाउन सुरुङमार्ग आयोजनाको मेसिन प्रयोग गरिएको छ दोभान प्रहरी चौकीले जनाएको छ ।

पानी पर्न कम भएसंगै पहिरो पन्छाउन सुरु गरेपनि ठूला ढुंगासहितको पहिरो भएका कारण सवारी संचालन गर्न समय लाग्ने प्रहरीले जनाएको छ । सो स्थानमा साउनको पहिलो सातादेखि पहिरो खस्ने क्रम जारी रहेको छ।

हालका लागि एकतर्फी सवारी आवागमन गर्ने गरी सडक खुलाउने प्रयास गरिएको प्रहरीको भनाइ छ ।

राजमार्ग अवरुद्ध हुँदा पहाड र तराईको सम्पर्क अवरुद्ध भएकाे छ भने, यात्रुहरु बीच सडकमा अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer