ढुंगाखानी र मालमुलमा पहिरोः तानसेन-तम्घास सडक खण्ड अवरुद्ध

तानसेन।  पहिरोका कारण तानसेन तम्घास सडक खण्ड अवरुद्ध भएको छ । निरन्तरको झरीसंगै तानसेन नगरपालिका वडा नं. ५ ढुंगाखानी तथा रिब्दीकोट गाउँपालिका वडा नं. ३ मालमुलमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुवै स्थानमा ढुंगासहितको पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको हो ।

पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाका अनुसार पहिरो पन्छाउने क्रम जारी छ। पानी परिरहेको हुँदा पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।

हाल पहिरो पन्छाएर एकतर्फी रुपमा सवारी संचालन गर्ने प्रयास गरिएपनि पानी पर्नासाथ पुनः पहिरो झर्ने क्रम रहने हुँदा पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।

तस्वीरः भुवन रायमाझी

तपाईको प्रतिक्रिया