
पाल्पा । मनसुनी न्यून चापिय रेखा नेपाल नजिक रहेको हुँदा केही दिनदेखि देशैभर निरन्तर वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
कतिपय स्थानमा भारी वर्षा भएको हुँदा जलसतह बढेको महाशाखाले जनाएको छ । यस्तै तराईमा डुबान र पहाडमा पहिरोको खोखिमसमेत बढेको महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखा धेरै वर्षा भई रहेका क्षेत्रको ताजा तथ्याङ्क मापन गर्दै आएको छ । देशैभर भारी वर्षा भई रहे पनि महाशाखाको तथ्याङ्क हेर्दा बबई, नारायणी र बागमती क्षेत्रमा सतर्कता तह पार गरेको देखिएको छ ।
नदी तथा खाना ठाडो खोलालगायत पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन विज्ञप्तिमार्फत महाशाखाले अनुरोधसमेत गरेको छ ।