पाल्पामा तेक्वान्दोका खेलाडीलाई एक दिने सेमिनार

तानसेन। पाल्पा जिल्ला आइटीएफ तेक्वान्दो संघले खेलाडीका लागि पुनर्ताजगी सेमिनार चलाएको छ । संघले जिल्लाभरका विभिन्न ११ विद्यालय तथा डोजाङ्ग गरी दुई सय २५ बढी खेलाडीलाई एक दिने पुर्नताजगी सेमिनार चलाएको हो।

टेक्निकल सेमिनारमा नेपाल आइटिएफ, राष्ट्रिय ब्लेक बेल्ट कमिटीका सभापति, घम थापा, लुम्बिनी प्रदेश आइटिएफ तेक्वान्दो संघका टेक्निकल चिफ, बिन्दुुप्रसाद चौधरी र लुम्बिनी प्रदेश आइटिएफ टेक्वाण्डो संघका रेफ्री विष्णु थापाले प्रशिक्षण दिएका थिए ।

सबै गरी १२ डोजाङ्गका खेलाडी सहभागि रहेको तामिलमा खेलाडीलाई वामअपसंगै खेलका टेक्निकल विधिबारे जानकारी दिइएको थियो ।

सेमिनारमार्फत खेलाडीमा उर्जा थप्ने, नयाँ टेक्निक सिकाउने, सबै खेलाडीलाई एकैसाथ अघि बढाउने उद्देश्यले केन्द्री य र प्रादेशिक प्रशिक्षकको उपस्थितीमा सेमिनार चलाइएको आइटिएफ तेक्वान्दो संघ पाल्पाका अध्यक्ष निरबहादुर सारुले बताए ।

आइटिएफ तेक्वान्दो संघ पाल्पाले भदौको तेस्रो साता जिल्लास्तरीय प्रतियोगिताको आयोजना गर्ने खेलका प्रशिक्षक विष्णु नेपालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer