पुरुषोत्तम गैरेले ल्याए तीज गीत ‘चेलीको व्यथा-भाग ४’

तानसेन। गायक पुरुषोत्तम गैरेले तीज गीत ‘चेलीको व्यथा भाग ४’ सार्वजनिक गरेका छन् । गैरेले हरितालिका तीज नजिकिदै गर्दा मौलिक कथावस्तुमा आधारित गीत सोमवार बेलुका सार्वजनिक गरेका हुन् ।

गीतमा पुरुषोत्तमसंगै खत्री सुवासको तथा महिला आवाजमा धनमाया दिशुवा मगर र निर्मला मगरले स्वर दिएका छन् । गीतमा शब्द एवं संगीत पुरुषोत्तमकै हो । सुनील परियारले गीतको एरेन्ज गरेका हुन् ।

पुरुषोत्तमकै निर्देशनमा तयार भिडियोमा रक क्षेत्री, गोविन्द थापा, पिताम्बर पोखरेल, यशु भट्टराई, कृष्ण केसी, कल्पना कंडेललगायतको अभिनय रहको छ । मरुभूमि नारायणको छायांकन रहेको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन् ।

पुरुषोत्तम गैरे अफिसियल युट्युबबाट गीत सार्वजनिक गरिएको हो ।

यो गीतलाई गैरेले सत्य घटनामा आधारित मर्मस्पर्शी सिर्जना भनेका छन् ।

हेर्नुहोस् भिडियो 

तपाईको प्रतिक्रिया