एमसीसी परियोजना अन्तर्गत विद्युत प्रसारणलाइनका लागि पाल्पामा जग्गा अधिग्रहण सुरु

तानसेन। अमेरिकी सहयोग परियोजना अन्तरगतको मिलिनियम च्यालेन्ज कप्रोरेसन समितिले विद्युत प्रशारणका लागि पाल्पामा जग्गा अधिकरण सुरु गरेको छ । (एमसीसी) अन्तरगतको नेपालको विकास समिति (एमसीए, नेपाल) ले चार ४ सय केभी विद्युत् प्रसारणका लागि पाल्पाको रामपुर नगरपालिका र निस्दी गाउँपालिकाबाट स्थायी जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको हो।

नयाँ बुटवल सबस्टेशनदेखि नयाँ दमौली सबस्टेशन खण्डअन्तर्गत पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको हो । नयाँ बुटवल सबस्टेशनदेखि नयाँ दमौली सबस्टेशन खण्डअन्तर्गत पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले बुधबार सूचना जारी गर्दै निस्दी गाउँपालिकाको वडा नं. ५ को गल्धा, ६ को अर्चले र ७ को ज्यामिरेमा तथा रामपुर नगरपालिकाको वडा नं. १, २, ३ र ४ को दर्छा र गाँडाकोटका जग्गा अधिग्रहणमा पर्ने जनाएको छ ।

सार्वजनिक विवरणमा घर, गोठ, जग्गा, कटेरा, टहरासहित रुखविरुवा समेत स्थायी रुपमा अधिग्रहण गर्नेगरी जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ उपदफा १ प्रयोजन र जग्गाको स्वामित्व फरक परेको भए वा छुटेको भए सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दाबी गर्न सकिने जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जाकारी दिए ।

जग्गा अधिग्रहण गर्नु नपर्ने भए कारणसहित २१ दिनभित्र जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा उजुरी गर्न सकिने छ । तोकिएको म्यादभित्र निवेदन नदिई म्याद गुजारेमा कानुनबमोजिम हुनेछ ।

पाल्पा जिल्लाभित्र विद्युत् प्रसारण लाइनको ७४ वटा पोल टावर पर्नेछ भने नेपाल सरकार र व्यक्तिगत जग्गा गरी १ सय ४६ कित्ता पर्ने सूचनामा उल्लेख छ ।

 

अमेरिकी अनुदान आयोजना अन्तर्गतको एमसीसी सम्झौतामा नेपालले २०७४ सालमा हस्ताक्षर गरेको थियो । भने वि।स। २०७८ फागुन १५ मा संसद्ले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी अनुमोदन गरेको थियो ।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको