काठमाडौं । मनसुनी प्रणाली कमजोर हुँदा दुई दिनसम्म झरी पर्ने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् ।मौसमविद् बिनु महर्जनका अनुसार एक-दुई दिन केही दनि अघि जस्तो ठूलो सिस्टम आउने र पानी पर्ने क्रम रहेकाे छैन् ।
हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालतर्फ सरदर स्थानको आसपास रहेकाले र भारतको मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले पूर्वको तुलनामा पश्चिम नेपालमा भने धेरै पानी परेको छ । भोलि (सोमबार) राति पनि पश्चिम नेपालका धेरै स्थानमा पानी पर्ने मौसमविद्को प्रक्षेपण छ । यस्तै सोमबार राति सुदूरपश्चिममा एरियल कभरेजको हिसाबले अलिकति बढी पानी पर्नेजस्तो देखिएको बतइए पनि देशैभर कभर गर्ने गरी ठूलो पानी पर्ने सम्भावना नभएको महाशाखाले जनाएको छ ।
मनसुनको न्यूनचापीय रेखा पूर्वी नेपालतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ । त्यसैले पूर्वी नेपालमा भने कम पानी परेको छ । तर, दुईदिन पछि भने पुनस् मनसुनको न्यूनचापीय रेखा सरदरस्थानबाट उत्तर (नेपाल)तर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुनी रेखा सरदरस्थानभन्दा जति उत्तरतिर सर्यो, नेपालमा त्यति धेरै पानी पर्दछ ।
यद्यपि आज राति कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक।दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भने महाशाखाले आज जारी गरेको बुलेटिनमा उल्लेख छ ।



