कमल घिमिरे पाए सूर्यज्योति रत्न अवार्ड

तानसेन। पाल्पाका युवा उद्दमी कमल प्रसाद घिमिरेले सूर्यज्योति रत्न अवार्ड प्राप्त गरेका छन् । पश्चिम पाल्पाकाे  रैनादेवी छहरा ४ अमलाबास स्थायी घर भएका घिमिरेले  सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’को अवसर अवार्ड प्राप्त गरेका हुन्।

आर्थिक वर्ष २०७९/८० मा व्यक्तिगत कोडमा देश भरबाट सबैभन्दा धेरै बीमा प्रिमियम संकलन गरेर नेपाल प्रथम हुनुभएका घिमिरेलाई देशभरबाट छानिएका दुई सय एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको सहभागितामा अवार्डबाट सम्मानित गरिएको हो ।

त्यस्तै प्रोडक्ट एम्बासडर अन्तर्गत ‘चौरासी पूजा’ जीवन बीमा योजनामा समेत कम्पनीले घिमिरेलाई ट्रफी, सम्मानपत्र र नगद प्रदान गरेको छ ।

घिमिरे अबको एक वर्षसम्म चौरासी पूजा बीमा पोलिसिमा ब्रान्ड एम्बेसडरको रुपमा देखा पर्ने छन् । घिमरेले बुटवलकाे ट्राफिक चोककाे शाखामा आबद्ध रहेर विगत ६ वर्षदेखि निरन्तर रुपमा नेपाल प्रथम हुदै टिओटि उपाधिसमेत हात पारेका छन् ।

 

तपाईको प्रतिक्रिया