तानसेन। जिल्ला सदरमुकाम तानसेनमा रहेको पाल्पा अस्पतालको भौतिक पूर्वाधारको विकास गर्न पाल्पाका सबै दल एकजुट भएका छन् ।

पुरानो र जीर्ण भवनबाट सेवा दिदै आएको अस्पतालको नयाँ भवन निर्माणका लागि जग्गा व्यवस्थापन र अन्य भौतिक संरचना निर्माण गर्न सबै दलले आफूहरु एकै ठाउँमा रहेको एक कार्यक्रममा बताएका हुन् ।

अस्पताल विकास समितिले राखेको सर्वदलीय बैठकका पाल्पाका सबै राजनीतिक दलले अस्पतालमा विशेषज्ञसहितको सेवा विस्तार र भौतिक संरचना निर्माण गर्न जतिसक्दो छिटो पहल गर्ने बताका हुन् ।

पाल्पा अस्पतालको सेवा विस्तार गर्न नयाँ भवन निर्माण गर्नुपर्ने र सो कार्य चालू आर्थिक वर्षबाटै सुरु गर्न सबै दल र सरोकारवालाहरु एकजुट भएर लाग्नुपर्नेमा सहभागिले जोड दिएका थिए ।

हाल पाल्पा अस्पतालको भनव निर्माणका लागि संघीय सरकारबाट विनियोजित १२ कारोडबाट भवन निर्माण गर्न जग्गाको व्यवस्थापन गरी जतिसक्दो छिटो भवन निर्माण प्रक्रिया अगाडि बढाउनका लागि समेत उक्त बैठकले सहमति गरेको छ ।

अस्पताल सुधारमा गरिएका कामहरुः

अस्पताल विकास समितिका अध्यक्ष गुरास आत्रेयले आफू अध्यक्ष भएदेखि गरेका कामको जानकारी दिदै बिहान आठ बजेदेखि ओपिडी सञ्चालन, नयाँ स्थानमा प्रयाप्त औषधिसहित २४ सै घण्टा फार्मेसी सञ्चालन गर्न सफल भएको बताए ।

उनले ओपिडि व्यवस्थापन तथा चिकित्सक र ल्याबको सेवा सुधार र जनशक्ति थप गरी प्रभावकारी डिजिटल रिपोर्ट सेमत बिरामीलाई उपलब्ध गराउदै आएको बताए । यस्तै भर्ना भएका बिरामीलाई एम्बुलेन्स सेवा निः शुल्क रुपमा दिन सुरु गरेको, रेडियोलोजिष्टलगायतका विशेषज्ञ सेवा, थप
शौचालय निर्माण तथा व्यवस्थापन, बिरामी प्रतिक्षालय निर्माण तथा व्यवस्थापन, अक्सिजन प्लाण्टबाट बिक्री मुल्य समायोजन गरी प्रति ठूलो सिलिण्डर रु ५०५ मा व्यवस्था र अन्य अस्पताललाई समेत अक्सिजन बेचेर आम्दानी गर्न सफल गरेको अध्यक्ष आत्रेयले बताए ।

यस्तै भवन निर्माणका लािग जग्गा प्र्राप्ति गर्न पहल, आवश्यक उपकरण र कर्मचारी व्यवस्थापन गरेको, बीमा दाबी र व्यवस्थापन गरी आम्दानी वृद्धि गरेको तथा होहोर व्यवस्थापन जस्ता कार्य अस्पतालले गर्दै आएको उनले बताए ।

हाल अस्पतालमा शबै शैयामा बिरामी संख्या भरिएको र सेवा विस्तारका लागि पहल गर्दै आएको अध्यक्ष आत्रेयले बताए ।

अध्यक्ष आत्रेयले आगामी योजनामा नयाँ स्तरिय भवन निर्माण, विशेषज्ञ चिकित्सकसहितको सेवा थप गर्ने, अप्रेसन कक्ष र स्तरीय ल्याब निर्माण गर्ने, छिमेकी अस्पतालसंग सहकार्य प्रयास गरी एम्बुलेन्स थप गर्ने जस्ता कार्य गर्ने बताए ।

जग्गाको व्यवस्थापन प्राथमिकताः
पाल्पा अस्पतालको स्तरीय सेवा दिनाका लागि नयाँ भवन बनाउन विस्तृत परियोजा प्रतिवेदन (डिपिआर) तयार गरेको छ । विगतमा जग्गाको व्यवस्थापन हुन नसक्दा संघ र प्रदेशबाट विनियोति रकम फ्रिज भएर भवन निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन् । यसैबीच अहिलेको समितिले जग्गा व्यवस्थापन गर्नका लागि पहल गरेको जनाएको छ ।

जग्गा व्यवस्थापन गर्न सरकारी अस्पताल क्षेत्र नजिकै रहेको मोहन कन्या मावि र स्वास्थ्य कार्यालयको जग्गा सट्टा गरी भवन निर्माण गर्ने योजना अस्पतालले अगाडि बढाए छ । तर, यो स्थानमा पाि सरकारबाट जग्गा प्राप्तिका विषयमा प्रक्रिया अगाडि नबढाई दिदा काम अन्यौल बनेको भन्दै नयाँ विकल्प खोज्न पाल्पाका साजनीतिक दलहरुले सुझाव दिएका छन् ।

जग्गा प्राप्तिमा ढिलाई भएमा विनियोजित बजेट समेत फ्रिज हुन सक्ने भएकाले त्यसको विकल्पमा तानसेन नगरपालिकासँग समन्वय गरी वनदेवी क्षेत्रमा बसपार्क निर्माणका लागि छुुट्टाइएको जग्गामा अस्पताल निर्माण गर्न उपयुक्त हुने बताइएको छ ।

बैंठकमा जिल्ला समन्वयन समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, नेपाली काँग्रेसका कार्यवाहक जिल्ला सभापति झपेन्द्र गहिरे, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादीका जिल्ला अध्यक्ष राजेन्द्र विश्वकर्मा, सचिव मथुरा ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष सुमन गैरे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, राप्रपाका नेता धुर्व खाती, तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्की, पत्रकार महासंघका जिल्ला अध्यक्ष रेखीराम राना, उपाध्यक्ष भरत शर्मा, प्रेस चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्की, सदस्य कृष्ण पोखरेललगायतले बजेट फ्रिज नहुने गरी तत्काल जग्गाको विकल्प खोज्न आवश्यक रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया