भगवती जात्राको अवसरमा टुँडिखेलमा खुल्ला भलिबल प्रतियोगिता हुने

तानसेन। तानसेनको टुँडिखेलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । श्रीनगर भलिबल क्लवको आयोजनामा यही भदौ १८ गतेदेखि २१ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

प्रथम रणउज्जेश्वरी भगवती कप २०८० नाम राखिएको प्रतियोगिताको बारेमा क्लवले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

क्लवका अध्यक्ष कृष्ण आलेका अनुसार आठ लाख ५० हजार बढीको खर्चमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम हुनेले एक लाख ११ हजार १ सय ११, द्धितिय पुरस्कार ७७ हजार ७ सय ७७, तृतिय पुरस्कार ४४ हजार ४ सय ४४ र सान्तोना हुनेले २२ हजार २ सय २२ रुपैंया प्राप्त गर्नेछन् ।

प्रतियोगिताका १० वटा बढी टिम सहभागि हुने बताइएको छ ।

यसैबीच जिल्ला खेलकुद विकास समिति पाल्पाका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले प्रतियोगिता सम्पन्न गर्न समितिले सक्दो सहयोग गर्ने बताए।

उनले खेल सफल पार्न आफ्नो व्यक्तिगत तर्फबाट दश हजार एक सय सहयोग गर्ने प्रतिबद्धत व्यक्त गर्दै पाल्पालाई खेलकुद हब बनाउन विभिन्न प्रतियोगिता आयोजना हुने वातावरण तयार गर्न जिल्लाका सरोकारवालाहरु लाग्नुपर्ने बताए ।

प्रतियोगितामा विभिन्न राष्ट्रिय खेलाडीहरु समेत सहभागी हुने अपेक्षा राखेको क्लबका सचिव दिपक चौहानले बताए ।

प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिन गर्नुहोस् ।

 

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer