
तानसेन। स्वास्थ्य बीमा बोर्डले युनाइटेड मिसन अस्पताल पाल्पालाई स्वास्थ्य बीमाको सूचिबाट हटाएको छ । बोर्डले एक सूचना जारी गर्दै मिसन अपतालसहित २६ अस्पतालको सेवा सूचिबाट हटाएको जनाएको हो । जसमा पाल्पाकै लुम्बिनी मेडिकल कलेज समेत गरेको छ ।
यस्तो छ बोर्डको सूचनाः
बोर्डले बीमा बोर्डसंग विभिन्न मितिमा सम्झौता गरेका अस्पतालहरुले सम्झौता मिति अगावै सेवा स्थगन गरेको सूचनामार्फत जनाएको छ ।
बोर्डले सम्झौता मिति समाप्त भएका तथा नविकरण नभएका स्वास्थ्य संस्थाहरुलाई बीमा सूचिबाट हटाएको उक्त सूचनामा उल्लेख गरेको छ ।
उता मिसन अस्पतालले भने गत साउन २१ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तरगतका सेवा बन्द गर्ने निर्णय गरेको थियो ।