जोर्ते पहिरोमा मृतक सबैको सनाखत 

तानसेन। पाल्पाको जोर्तेमा सुख्खा पहिरोले जिप पुरिदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं.–७, की ५० वर्षीया मनकला चुँदारा, गुल्मी प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार तानसेन नगरपालिका वडा नं.–११, बन्दीपोखराका ४२ वर्षीय यमबहादुर बोहोरा र पोखरा महानगरपालिका वडा नं.–२५, हेम्जाका ३१ वर्षीय विनोद तिमिल्सिना रहेका छन् ।

तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । यसैबीच दुर्घटनामा एकै गाउँका सात जना घाइते भएका छन् ।  घाइते सबैको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । गुल्मीको तम्घासबाट पाल्पा हुँदै बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको जिप तानसेन तम्घास सडक खण्डको जोर्ते क्षेत्रमा सुख्खा पहिरोले च्यापिएर दुर्घटना भएको हो।

सवारी चालक बालकृष्ण श्रेष्ठ भने सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer