पाल्पामा सबै समुदायले निकालेर मनाए गाईजात्रा पर्व

तानसेन।  परम्परागत सांस्कृतिक महत्तव बोकेको गाईजात्रा पर्व पाल्पामा सबै समुदायले मनाएका छन् । अन्य स्थानमा नेवार समुदायले विशेष पर्वका रुपमा मनाउने यो पर्व पाल्पामा भने सबै समुदायले मनाउने गरेका छन् ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा निकालिने यो पर्वमा नेवार समुदायबाट सुरुवात भएपनि पाल्पाका सबै समुदायले यसलाई मनाउन थालेका हुन् ।

गाईजात्रामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरेर मनाउने प्रचलन रहेको छ ।

पाल्पा सदरमुकाम तानसेनसंगै ठूला शहरका चोकहरुमा गाईजात्रा पर्व मनाएका हुन् । पाल्पामा यो वर्ष केही समुदायले जनैपूर्णिमाकै दिन गाईजात्रा निकाले पनि केहीले भने भोली गाईजात्रा मनाउने भएका छन् ।

तिथीअनुसार आज जनै पूर्णिमा र गाईजात्रा परे पनि केहीले भोली मात्रै जात्रा निकाल्ने भएको स्थानीयले बताएका छन् ।

पाल्पामा आजबाट सरु भएको जात्रा भाद्र कृष्ण नवमीका दिन नेपाल अग्रेज युद्धको सम्झनामा श्री रणउजेश्वरी भगवतीको सिन्दुर यात्रा पश्चात सकिने गर्दछ ।

तपाईको प्रतिक्रिया