तानसेनका चोकहरुमा निकालियो चुइँकी

तानसेन।  जात्रा सुरु भएको संकेत स्वरुप निकालिने चुइँकी फिराई जात्रा पाल्पामा आजबाट सुरु भएको छ । गाईजात्रा निकाल्नु भन्दा अघि अर्थात जनैपूर्णिमाको दिनदेखि नौ दिनसम्म चल्ले जात्रा पूर्व गाईजात्रा निकाल्ने संकेत स्वरुप निकालिने यो जात्रा पाल्पा सदरमुकाम तानसेनमा निकालिएको हो ।

केही दशक अघिदेखि लोप हुने अवस्थामा रहेको चुइँकी संरक्षण गर्न तानसेनका दुई समूहले जात्रा निकाल्दै आएका छन् । यो जात्रा तानसेनका चोकचोकमा निकालिएको छ । यस्तो जात्रामा शहरका सबै मानिसले सुन्ने गरी ढ्याङढुङ र झ्याली पिटेर मनाइदै आएको छ ।

चुइँकीलाई जात्राको निम्तोदिने संकेतका रुपमा लिने गरिन्छ । पहिले चुइँकीमार्फत परिवारका सदस्य दिवंगत भएका घरबाट बास्सा, ताहामचा, गाई निकाली दरबारमा ल्याउनु भनी निम्ते दिएर जात्रा निकालिने भएपनि हाल चोकहरुमा मात्रै यो जात्रा निकालिन्छ ।

जात्राहरुको सुरुवात भएको संकेतका रुपमा चुइँकी निकालिएको कलाक्षेत्रका संरक्षक किरण चित्रकारले बताए।

यो वर्ष दुई वटा समूहमार्फत चुइँकी निकालिएको उनले बताए। जनैपूर्णिमाको दिन चुइँकी निकाले पश्चात गाईजात्रा पनि आजै निकालिएको उनले नयाँधारलाई बताए ।

पहिले मल्ल, सेन र राणाका पालामा काठमाडौसंगै नेवार समुदायको बस्ती रहेको तानसेनमा जात्रा भित्रिएको जानकारहरु बताउछन ।

पाल्पामा कृष्ण नवमीका दिनमा नेपाल–अंग्रेज युद्धको सम्झनामा निकालिने श्री ७ रणउजीरेश्वरी भगवतीको सिन्दुर जात्रासंगै जात्रा सकिन्छ गर्दछ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको