
तानसेन। पाल्पामा बाल्टिनमा डुबेर एक वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका वडा नं. २ की अनन्त शारुकी छोरी अंशिका सारु रहेकाे प्रहरीले जनाएकाे छ ।
बगनासकाली गाउँपालिका वडा नंं १ चिलाङ्दीमा डेरा गरी बस्दै आएकी सारू बाथरुममा भरेर राखेको बाल्टिनको पानीमा डुबेपछि उपचारका लागि अस्पताल पुर्याउदाँ चिकित्सकले मृत्यु घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।
घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।