
तानसेन। नेपाली सेनाले अग्रेज पौजलाई पराजित गरेको सम्झनामा निकालिने श्री ७ रणउजेश्वरी भगवतीको रथयात्रा सम्पन्न भएको छ । नेपाली सेनाको तत्कालिक कर्नेल उजिरसिंह थापाले भगवतीसंग भाकल गरी युद्धमा गएको र सोही अनुसार वियजी हासिल गरेपछि वि.स. १८७७ सालदेखि हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन विजयी उत्सव मनाउन सुरु गरिएको हो।
यो वर्ष दुई सय ३ औं रथयात्रा विधिवत रुपमा निकालियो । भगवती मन्दिर व्यवस्थापन गुठीले रथयात्राको अघिल्लो रात जाग्राम बसी मध्येरातमा पुजा गरेर नवमीका दिन तानसेन नगर परिक्रमा गरी सिन्दुर यात्रासहित रथयात्रा निकाल्ने प्रचनल छ ।
दुई सताप्दी भन्दा अघिदेखि निरन्तर निकालिदै आएको विजयी उत्सवमा जिल्लाका विभिन्न स्थानबाट भक्तजनहरु अवलोकन गर्न तथा मन्दिर दर्शनका लागि समेत आउने गरेका छन् । नेपाल राष्ट्रले आफ्नो स्वाभिमान जोगाउन सफल भएका ऐतिहासिक दिनको महिमा पाठ्यक्रममा राखेर यो दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउनुपर्ने आवाज पछिल्लो समय व्यापक रुपमा उठेको छ ।
नेपाल–अंग्रेज युद्धमा पाल्पाली कर्नेलको कमाण्डमा रहेको पौजले बुटवलस्थि जितगढी किल्लामा अग्रेज सेनालाई पराजित गरेको थियो । सोही आधारमा भगवतीको भाकल गरेमा हरेक मनोकाक्षा पुरा हुने विश्वासका साथ पनि यस्को ऐतिहासिकसंगै धार्मिक महोत्व रहेको हुँदा हजारौ भक्तजनले मन्दिरमा पुजा गर्न र रथयात्रामा सहभागी हुने गरेका छन् ।