जुरी–नेपालको अध्यक्षमा अधिवक्ता रुक्मनी महर्जन

काठमाडौं । न्याय तथा अधिकार संस्था–नेपाल (जुरी–नेपाल) को १२ औ बार्षिक साधारण सभाबाट अध्यक्षमा अधिवक्ता रुक्मनी महर्जन चयन हुनुभएको छ ।

आगामी २ बर्षका लागि अधिवक्ता रुक्मनी महर्जनज्यूको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यकारी समितिको समेत चयन भएको हो ।

जुरीको उपाध्यक्षमा अधिवक्ता मोहन साशंकर, महासचिवमा ऋषि न्यौपाने, कोषाध्यक्षमा अधिवक्ता शर्मिला पराजुली, सचिवमा रोश्ली पोखरेल र सदस्यहरुमा अधिवक्ता आरती विष्ट राणा, अधिवक्ता निराजन थपलिया, अधिवक्ता उमा जोशी, दुर्गा विश्वकर्मा, देवका के.सी र अधिवक्ता सुन्दर बहादुर सेनी निर्वाचित हुनुभएको जनाएको छ ।

तपाईको प्रतिक्रिया