तानसेन। अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) राष्ट्रिय स्वाधीनताको पक्षमा नभएको पाल्पामा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । एमसीसी परियोजना सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसनप्रश्न विषयक अन्तरक्रियाका सहभागीले सो कुरा बताएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी पाल्पाको आयोजनामा जिल्लाका राजनीतिक दल, पत्रकार र इतिहासका जानकारहरुसँग सो विषयमा अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य अनिल शर्माले एमसीसी र राष्ट्रिय स्वाधीनताको प्रश्न अवधारणा पत्र प्रस्तुुत गरेका थिए । उनले अवधारणा पत्र प्रस्तुत गर्दै एमसीसीको विरुद्धमा मोर्चा बनाएर आफुहरु अगाडि बढेको बताए । शर्माले भने‘ नेपालमाथि अमेरिकाको हस्तक्षेप सुरु भएको छ , एमसीसी चिन घेर्ने रणनीतिका साथ आएको हो ।’ उनले नेपाल अमेरिकाको कब्जामा पुुग्न लागेको धारण व्यक्त गरे । यस विषयमा सबै नागरिक सचेत बन्न्नुुपर्ने बेला आएको शर्माले बताए । उनले भने‘ एमसीसीको बारेमा जनताले बुझेनन्, जब अमेरिकन सैनिकबाट नेपाली चेलीहरु बलात्कृत हुन्छन्, त्यति बेला मात्र बुझ्ने छन्, जुन ढिला भइसकेको हुने छ ।’
नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराईले एमसीसी सैनिक रणनीति भएको शंका आशंका गरिए पनि त्यसका भित्री अव्यहरुले भने देशको आर्थिक विकास लागि कुनै न कुनै रुपमा टेवा पुुग्ने बताए । उनले एमसीसीमा अझै पनि जनतामा केही शंका उपशंका रहेकाले राम्रोसँग बुझाएर कार्यान्वयको पक्षमा जानुपर्ने धारणा राखे ।
अधिवक्ता पदम कार्कीले एमसीसी देशको अहितमा रहको बताए । उनले एमसीसी विकास नभई विनास भएको धारणा व्यक्त गरे । बामबुद्धिजीवी विनबहादुर कुवरले एमसीसी गलत परियोजना भएकाले प्रभावित क्षेत्रका नागरिकलाई सचेत गरानुपर्ने बताए ।
इतिहासविद् निर्मल श्रेष्ठले देशभक्ती कुरामा सबै एक हुनुपर्नेमा जोड दिए । उनले अमेरिकाले जनताको देशभक्ति आवाज दवाउने कुरामा विगतदेखि नै गर्दै आएकाले त्यस्ता कुरामा सबै सजग हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सचिव मथुरा ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुवर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीलगायतले एमसीसी र राष्ट्रियताका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज धिरज रानाको अध्यक्षता, सदस्य आकाश थापाको स्वागत, सचिव मिनबहादुर आलेको सञ्चालनमा कार्यक्रम भएको थियो ।



