अनेरास्ववियू (क्रान्तिकारी) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको विस्तारित बैठकबाट मिलन घर्ती मगरको अध्यक्षतामा मुल इकाई कमिटी पुनर्गठन भएको छ ।
कमिटीको उपाध्यक्षमा साजित खान, मन्जु दर्लामी, किरण सुनार, वसन्त बस्याल, बिनिता थापा मगर र उपाध्यक्ष अन्य पुराना यथावत रहेका छन् । यस्तै सचीवमा राजन क्षेत्री (यथावत) र सहसचिवमा तारा सुनारी, सुजिता राना मगर, अमृता बगाले मगर, लालुमाया सारु मगर तथा अन्य पुराना यथावत रहेका छन् । कोषाध्यक्षमा मोनिका रायमाझी चयन भएकी छन् ।
बैठकले केहीलाई थप जिम्मेवारी दिदै नयाँ ९९ सदस्यको मुल इकाई कमिटी पुर्नगठन गरेको हो ।
बैठकमा प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री कृष्णधोज खड्का, विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को जिल्ला समन्वय समितीका संयोजक राजेन्द्र विश्वकर्मा अतिथि सचीव मथुरा ढकाल,अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज पदम सोमै,त्रिभुवन बहुमुखी क्याम्पसका स्ववियु सचिव तथा अखिल क्रान्तिकारी इन्चार्ज ताराबहादुर रायमाझी, स्ववियू सदस्य बिज्ञान दुधराज, सुजिता राना मगर को आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रम निवर्तमान अध्यक्ष भिम बहादुर लुंगेलीको अध्यक्षता र सचिव राजन क्षेत्रीको संचालनमा भएको थियो ।




