माओवादी विशेष रुपान्तरण अभियान, अन्य पार्टी छाडेर ३९ जना माओवादीमा प्रवेश

तानसेन।  नेकपा( माओवादी केन्द्र)ले जनतासंग माओवादी विशेष रुपान्तरण अभियान  देशैभरी चलाएको छ । अभियान अन्तरगत हाल पाल्पाका दशै स्थानीय तहका विभिन्न वडामा नेता तथा कार्यकर्ताहरु भेला भएर समस्या, सुझाव र अन्तरक्रियामा जुटेका छन् ।

पाल्पामा संचालित अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरी एकैदिन माथागढी र रैनादेवी छहराबाट ३९ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रका जिल्ला सचिव मथुरा ढकालले जानकारी दिए ।

शनिवार भएको अभियानका क्रममा उक्त संख्यामा नयाँ सदस्य थपिएका हुन् । यसैबीच अभियानका क्रममा माथागढी गाउँपालिकाको वडा नं. ७ रहबासमा गाउँ कमिटीको बैठक, तथा पुनर्गठन भएको छ ।

यस्तै सोही वडामा वडा समिति र मगर मुक्तिमोर्चाको समिति गठन भएको केन्द्रले जनाएको छ । यस्तै तिनाउ गाउँपालिका वडा नं. ६ मस्याममा वडा समितिको विस्तारित बैठक बसेको छ ।

रैनादेवी छहरा गाउँपालिका वडा नं. ३ मा साबिक वडा नं ४ मा पार्टी प्रवेश तथा टोल समिति गठनभएको छ । तानसेन नगरपालिकाको वडा नं. ६ र ७ तथा बगनासकाली वडा नं. ६ मा टोल समिति गठनभएको माओवादी केन्द्रका पाल्पा संयोजक राजेन्द्र विश्वकर्माले बताए ।

तपाईको प्रतिक्रिया