तानसेन। पाल्पामा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । पाल्पा जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता सम्पन्न भएको हो ।

१० औं पटक भएको आईटीएफ तेक्वान्दो प्रतियोगितामा महिला र पुरुषको जुनियर र सिनियरको, स्पाईरीङ र प्याट्र«न गरि २ वटा विधामा ४२ स्वर्ण, ४२ रजत र ६० कास्यपदकको लागि ३४३ जना खेलाडीले सहभागीता जनाएका थिए । १४ दोजाङका खेलाडीहरुले प्रतिस्पर्धा गरेको यस प्रतियोगितामा ९ वटा स्वर्णपदकसहित बिजु दोजाङ प्रथम , ८ स्वर्णसहित तानसेन दोजाङ दोश्र्रो , ७ वटा स्वर्ण पदकजिती हिदन दोजाङ तृतिय भए।

प्रतियोगितामा महिला बेष्ट प्लेयरको उपाधि सिनिएरमा एलिसा घर्ति मगर र पुरुषतर्फ बिवेक बुढाले प्राप्त गरे। जुनियर महिलामा समिक्षा थापा र पुरुषमा श्रीजल पाण्डे वेष्ट प्लेरयरको उपाधि पाए ।

पुरस्कार वितरण कार्यक्रममा भारतको हैदराबादमा सम्पन्न सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा तानसेन ७ काजीपौवाका दुई जना पदक विजेता खेलाडीहरु एन्जल रेग्मी र रजन रेग्मीलाई पाल्पा जिल्ला आईटीएफ तेक्वाण्दो संघले जनही पन्ध्र, पन्घ्र हजार नगदसहित प्रमाणपत्रले सम्मानसमेत गरेको छ । सो प्रतियोगितामा एन्जल रेग्मी एक स्वर्ण दुई कास्य र रजन रेग्मीले एक रजत र एक कास्य पदक जितेका हुन ।

दुई दिनसम्म संचालन भएको प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ति मगरले गरेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजेन्द्र विश्वकर्मा जिल्ला खेलकुद विकास समितिका कार्यबाहक अध्यक्ष दिपक घिमिरे, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका सचिव यज्ञमुर्ति तिमिल्सनालगायतले विजयी खेलाडीहरुलाई शुभकामना दिएका थिए।

पाल्पा आईटिएफ तेक्वान्दो संघका अध्यक्ष निर बहादुर सारुको अध्यक्षता र सचिव नगेन्द्र मल्लको संचालनमा समापन समारोह सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया