तानसेन । पाल्पा प्रहरीले अवैध सालको काठ बरामद भएको छ। जिल्लाको रामपुर नगरपालिका १०, गेझा बर्दलेबाट प्रहरीले अवैध सालको गोलिया काठ बरामद गरेको हो ।
गेझा बर्दले बस्ने लीला गाहाले संचालन गरेको जनता फर्निचर नजिकै खसालेको अवैध सालको काठ प्रहरीले गोप्य सूचनाको आधारमा बरामद गरेको हो ।
पाल्पा प्रहरीका सूचना अधिकारी सन्तोष चन्दका अनुसार प्रहरी चौकी हुंगी र इलाका प्रहरी कार्यालय रामपुरको टोलीले गोप्य सूचनाको आधारमा ९५.०८ क्युफिट सालको गोलिया बरामद गरेको हो ।
अनुसन्धान अधिकृतसहितको टोलीले फर्निचर नजिकैबाट अवैध साल जातको काठ फेला पारेको र काठ नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भइरहेको छ ।
बरामद काठ नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सब वन डिभिजन कार्यालय रामपुरमा पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी र सव डिभिजन वन कार्यालयले जनाएको छ।