
तानसेन। जनतासंग माओवादी : विशेष रुपान्तरण अभियान अन्तर्गत अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) पाल्पाको जिल्ला भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।
भेलाले रितु श्रेष्ठ अध्यक्ष र गोमा पचभैया सचिव रहेको ३७ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिको छ।
कार्यक्रममा अभियान अन्तरगत माओवादी केन्द्र पाल्पाका इन्चार्ज कृष्णध्वज खड्काले पार्टीको नीतिअनुसार पाल्पालाई ६४ सालको अवस्थामा ल्याउने बताए । उनले माओवादीले गरेका कार्यको सहि प्ररचार गरेर जनताको मन जित्न अभियाले टेवा पुग्ने विश्वास व्यक्त गरे।
यस्तै पार्टीका नेताहरू दिपेन्द्र पुन, इन्द्र जित थारु, अनिल किशोर घिमिरे, सीता बौडेल अनेमसं ( क्रान्तिकारी ) का उषा पुन, टीका ओली, तुलसा रानालगायतले माओवादी पुनः जागेर अघि बढेको बताउदै सरकारले गरेका राम्रो कामको खुलेर प्ररचार गर्न र जनताको गुनासो सुन्न अभियानले सहयोग मिल्ने बताए ।
भेलाको अध्यक्षता रितु श्रेष्ठ र कार्यक्रमको संचालन गोमा पचभैयाले गरेकी थिइन । उक्त कार्यक्रममा सास्कृतिक प्रस्तुति समेत रहेको पार्टी सचिव मधुरा ढकालले बताए ।