
तानसेन। पाल्पामा नागरिकता र जन्म दर्ताका विषयमा कानुनी पहिचान सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । महिला कानुन र विकास मञ्चको आयोजना र जिल्ला समन्वय समिति पाल्पाको समन्वयमा तानसेनमा एक दिने कार्यक्रम भएको हो ।
जिल्ला समन्वय समितिसहित जिल्लाका ८१ वटै वडाका जनप्रतिनिधको उपस्थितीमा कार्यक्रम चलेको हो। कार्यक्रममा बालबालिका सम्बन्धी ऐन, नागरिकता, जन्म दर्ता सम्बन्धी कानुनी प्रावधानलगायतका विषयमा जानकारी प्रदान गरिएको महिला कानुन र विकास मञ्चका कार्यक्रम संयोजक रोशना प्रधानले बताइन् ।
कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कानुनी व्यवस्था र व्यवहारिकताका बारेमा जानकारी दिएका थिए।
अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले कानुनी विषयको पूर्ण जानकार नहुँदा नागरिकता र जन्मदर्ता प्रदान गर्दा कतिपय समय अलमल हुने भएकाले यो कार्यक्रममार्फत जानकारी प्राप्त भएको बताएका थिए।