तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध रुपमा जिल्लामा भित्रिदै गरेको दुई लाख ७५ हजार बढीको सामग्री बरामद गरेको छ। प्रहरीको टोलीले दुई ठाउँबाट सो मात्रामा सामग्री बरामद गरेको हो।

सनिबार दिउँसो सिद्धार्थ रागमार्ग अन्तरग तिनाउ गाउँपालिका वडा नं. ३ को निकासीमा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१०२५ च १९८७ नम्बरको पिकअप भ्यानलाई प्रहरी चौकी दोभानको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिना बिल र भौचरको अन्दाजी सतासी हजार ६६० रुपैँया मूल्य बराबरको सामग्री बरामत गरेको हो ।

उक्त सवारीबाट क्याटिक सोडा ८ बोरा, टायल क्दिनर ४०१ पिस ,फिनेल ७४ पिस, हार्पिक २० पिस सामग्रीसहित चालक र सवारी साधनसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।

यस्तै जिल्ला सदरमुकाम तानसेनस्थित बसपार्कबाट खटिएको अस्थाई प्रहरी बिटको टोलीले बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु ३ च १०७० नम्बरको पिकअप भ्यान चेकजाँच गर्ने क्रममा बिल भौचर नभएको प्लास्टिकबाट बनेका अन्दाजी मूल्य एक लाख ८८ हजार दुई सय बराबरको समग्रीसमेत बरामद गरेको छ।

जसमा प्लास्टिकको गमला ४८६ थान, प्लास्टिकको पिर्का १२० थान, प्लाष्टिकको जालीसहितको भाडा राख्ने गमला ४० थान र प्लाष्टिकको म्याट २४० रहको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

सो सामग्रीसहित भ्यानका चालक र सवारीलाई पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको पाल्पा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया