
काठमाडाैं। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले देशभर जारी हल्का वर्षा निरन्तर जारी रहने भएपनि दुई दिनपछि मौसममा क्रमिक सुधार हुनेछ ।
नेपालमा हाल भारतको बिहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
बुधबारपछि पनि निरन्तर जारी वर्षा रोकिँदै फेरि पर्न सक्ने सम्भावना रहेको छ। विगत तीन घण्टाको प्रारम्भिक अध्ययन हेर्दा बुधबारपछि हल्का वर्षा रोकिने देखिएकाे र त्यसपछि मौसममा आंशिक बदली रही पानी रोकिँदै पर्दै, रोकिँदै पर्ने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।