
तानसेन। पाल्पामा यो वर्ष पाँच सय जना भन्दा बढीमा डेंगु रोगको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लाका चार ठूला अस्पतालको तथ्यांक अनुसार हालसम्म चार सय एक जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
यस्तै निजी मेडिकल, प्राथमिक स्वास्थ्य केन्द्र र क्लिनिकहरुमा गरिएको परीक्षणमा हालसम्म करिब दुई सय जनामा डेंगु संक्रमण पुष्टि भएको चिकित्सकहरुले बताएका छन् ।
जिल्लास्थित स्वास्थ्य कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा तथा विभिन्न क्वल र समूहहरुले डेंगु संक्रमण रोकथाम र नियन्त्रणका लागि चालेका अभियानले समेत समेत ठूर्ण रुपमा सचेतना नपुग्दा संक्रमण बढ्दो क्रममा रहेको छ ।
यो वर्ष पाल्पामा हालसम्मकै सबैभन्दा उच्च विद्यनुमा संक्रमणपुगेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताए। उनका अनुसार समुदायमा सचेतना नपुग्नु र सामान्य सरसफाईमा समेत चासो नदिँदा डेंगु सार्ने लामखुट्टेको वृद्धि र विकासले गर्दा संक्रमण बढेको हो ।
यसको नियन्त्रणका लागि नागरिकको तल्लो तहदेखि नै सचेतनाको स्तर बढाउने कार्यहरु गर्नुपर्ने तथा परीक्षणको दायरा बढाउनुपर्ने पाल्पाका स्थानीय तहहरुले जनाएका छन् ।
डेंगु एडिस (एजिप्टाइ) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । डेंगुको संक्रमण भएमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने जस्ता लक्षणहरू देखा पर्छ ।
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्छ । जसका लागि लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाए अपनाउन र सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष देशभर ३४ हजार बढीमा डेंगुको संक्रमण देखिएको र जसमध्ये २० जनाले ज्यान गुमाएका छन् ।