
तानसेन। जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा लागू औषधको रुपमा प्रयोग हुने गाँजा फँडानी गर्न सुरु गरेको छ । जिल्लाभर नै प्रहरीले अभियान सञ्चालन गरेर गाँजा फँडानी गरेको जनाएको छ ।
जिल्लाको विभिन्न स्थानमा खोजी गरेर समुदायसँगको सहकार्यमा गाँजाका बोट नष्ट गर्ने अभियान चलाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। ।
पछिल्लो समय गाउँगाउँमा गाँजाका बोटहरु हुर्काउने क्रम बढेपछि यसको नियन्त्रणका लागि अभियान नै संचालन गरिएको प्रहरीले जनाएको छ ।
हालसम्म पश्चिमको रैनादेवी छहरा गाउँपालिका र माथागढी गाउँपालिकाका भित्रका विभिन्न स्थानमा गाजाँका बोटहरु फडानी तथा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
यस्तो कार्य प्रहरीसंगै स्थानीयवासीको सहभागितामा गरिएको र गाँजालगायत लागूऔषध नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रमसमेत स्थानीयबीच गरिदै आएको प्रहरीले जनाएको छ ।