माथागढीको सराईमा मैत्रीपूर्ण फुटबल हुने

तानसेन। पाल्पाको माथागढी गाउँपालिका वडा नं. ३ स्थित सराई खेलकुद मैदानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । नेपालीहरुको महान् पर्व बडादशैं, तिहारलगायतका पर्वको अवसरमा माथागढी गाउँपालिकाका जनप्रतिनिधि र नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय समिति पाल्पाबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको हो ।

माथागढी गाउँपालिकाको आयोजना र खेलकुद मत्रकर मञ्चको समन्वयमा यही कार्तिक तीन गते शुक्रबार खेल हुनेछ । माथागढी गाउापालिकाका अध्यक्ष यम बहादुर चिदीका अनुसार  खेलको तयारी अन्तिम चरणमा पुगेको छ  ।

खेलकाे माध्यमबाट सिंगो पालिकाको खेल क्षेत्रको विकास र विस्तारका लागि प्रतियोगिताले सहयाेग पुग्ने अध्यक्ष चिदीले बताए । तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिदीले जिल्लाकै खेलमैदानको रूपमा सराई खेलमैदानलाई विकास गर्ने योजना रहेको बताए।

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष माधव प्रसाद अर्यालले जनप्रतिनिधि र पत्रकारको सम्बध विस्तार, चाडवार्डको शुभकामना आदान प्रदान र मनोरञ्जनका लागिसमेत खेलले टेवा पुग्ने अपेक्षा रहेको बताए ।

 

तपाईको प्रतिक्रिया