तानसेन । रानीमहल नजिकैको बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा जिप ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको हो। जीपका चालक घाइते भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी दिए।
जीप कहाका लागि छुटेको भन्ने अझै नभएको प्रहरीले जनाएको छ। दुर्घटनास्थल खोँच रहेको र उद्दारमा कठिनाई भएकाले थप विवरण आउन बाँकी रहेको छ ।
जिपमा भएका यात्रु र उनीहरुको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रमुख शर्माले बताए ।
बैकुण्ठ पहाडबाट दुई सय मिटर तल्लो भागबाट खोला भएर उद्दारका लागि पुग्नु पर्ने भएकाले कठिनाई भएको हो। उद्दारका लागि तीनै तहका सुरक्षा निकायका सुरक्षाकर्मी खटिएका छ्न।
दुर्घटनाको पूर्ण विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ।



