पाल्पामा भ्यान दुर्घटना पाँच जना घाइते
तानसेन। पाल्पामा आज बिहानै जिप दुर्घटना हुदा ५ जना घाइते भएका छ्न। जिल्लाकाे रम्भा गाउँपालिका वडा नम्बर ४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन ।
साेमबार बिहान ५ बजेतिर आर्यभाङ्ज्याङ्-रामपुर सडक हुँदै वीरकाेट जाँदै गरेकाे लु १ ज ३९८३ नम्बरकाे भ्यान दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा परी रम्भा-४, रमइडाँडा बस्ने वर्ष २३ का कृष्ण सारू, साेही स्थानका २७ वर्षका नरेन्द्र दर्लामी, २२ वर्षका दिलबहादुर कवरमगर, १९ वर्षका माेहनसिंह दर्लामी र १८ वर्षका सुरेश सारू गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
घाइतेमध्ये चार जनाकाे अवस्था गम्भीर रहेकाे छ भने एक जनाकाे अवस्था सामान्य रहेकाे छ । उनीहरूकाे तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेकाछ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको